आगो देखे आगो बन्ने पानी देखे पानी बन्ने मलाई यस्तो अस्थीर मन नदेऊ धेरै धेरै चोट लाग्ने तिमीले कोमल भनिरहेका मलाई यस्तो स्पन्दन नदेऊ
भावनालाई दुर्भावको तुँवालोले ढाक्छ भन्छन् मनको बह मनमै रहे नराम्ररी पाच्छ भन्छन् मिरमिरेको तिम्रो हाँसो साँझसम्म रहन्न भने मलाई यस्तो मुस्कान नदेऊ
गीत बोल्ने गाली बोल्ने एउटै स्वर हुन सक्छ मनभित्रको पानीले मनको घाउ धुन सक्छ आफूलाई आफैसित लुकाएर राख्नुपर्ने मलाई यस्तो बन्धन नदेऊ
शब्द - नीर शाह संगीत - सम्भुजित बासकोटा स्वर - देविका प्रधान एल्बम - नेपाली माया चलचित्र - माया बैगुनी </poem>