Last modified on 2 जून 2017, at 22:14

हजार सपनाहरूको माया लागेर आउँछ / ईश्वरवल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:14, 2 जून 2017 का अवतरण (Sirjanbindu ने हजार सपनाहरूको माया लागेर आउँछ / ईश्वरवल्लभ भट्टराई पृष्ठ [[हजार सपनाहरूको माया लागेर आ...)

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ

मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिइन
अल्झें कहीं त के भो बाटो भुलेको छैन
भाँचिसकेको विश्वास फेरि भएर आउँछ

मेरा ती स्वरहरूलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
खुसी नै हो क्या हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौं मनमा उठेर आउँछ