भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो आवाज / भीमदर्शन रोका

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 01:49, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= भीमदर्शन रोका |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ
तिमी ध्यानले सुनिरहनू
त्यसमा मेरो पनि आवाज हुनेछ
फेरि झन्‍ झन्‍ ठूलो हुँदै जानेछ ।

आकार यसको, सूर्यमण्डलजस्तो
घाम वरिपरि सभा लागेजस्तो
राती भए चन्द्रसभा
बसिरहेका तारैतारा
चक्रैचक्र
सफा शुभ्र
बाहिर भित्र

सप्ताहहरुमा शहीद सप्ताह
महिनाहरुमा माघ, फागुन
क्रान्तिको रङ्गदरोगन
क्रान्तिको चिर आयु, आगमन ध्वनि
चिरपरिचित
मुटु ध्वनि
धातु बजेजस्तो
चोटमा चोट थपिँदा पनि
टन्न आवाज मिलेको
टन्टलापुर घाम मानो मध्यान्हमा बजिरहेको
बन्दै आयो टाढा टाढासम्म
दिशा एकै
लागिरह्यो युगौँयुगसम्म
नसा एकै
दुवै हात फैलाएर
तीनै सप्तक छोएर
स्वर सागरहरुको सङ्गमम
ल्याइरहेको परिवर्तन

लाखौँलाखको बीचमा
मेरो आवाज छुटिएन भने
चिन्न पनि सकेनौ भने
खुशी हुनेछु, मिलिसकेको रहेछु
अब पीर रहेन, धेरै पर छैन
पुगिसकेछु एउटा निश्चयमा
पाकिसकेछु, झर्ने झर्ने बेलामा ।