Last modified on 26 जुलाई 2016, at 01:55

तिमी एक्लै छैनौ / भीमदर्शन रोका

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 01:55, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= भीमदर्शन रोका |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


हाम्रो उठबस र कैयौँ सहवासहरुले
बनाएका क्षितिज र कैयौँ आकाशहरुले
धेरै दिनका धेरै धेरै कुरा
कथा, कविता र इतिहासहरुले
साथ तिमीलाई दिइरहेछन्
साथ तिम्रो लिइरहेछन् ।
डाँडाकाँडा वनपाखा तसवीरहरुले
पहिरो र पहाडहरु थामिरहेका भीरहरुले
अघि अघि र अहिलेका वीरहरुले
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन् ।
फूल र पातहरु ली उभिरहने रुखहरुले
कुरा बुझ्ने मुटु र मौन मौन मुखहरुले
सबैका आफ्ना आफ्ना सुख र दुःखहरुले
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन् ।