भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
छोडे पनि नछोडिने / कालीप्रसाद रिजाल
Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 14:21, 25 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कालीप्रसाद रिजाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
छोडे पनि नछोडिने प्यार हो कि छायाँ
कि त सँगसँगै हिंड्ने यार हो कि छायाँ।
सलाई कोरी बालौं भने बाल्न नमिल्ने
कतै लगी फालौं भने फाल्न नमिल्ने
छोडि जाने निष्ठुरीको याद हो कि छायाँ।
कैले ओड्ने आफैंलाई किले बिछ्याउने
आफ्नो जाने ठाउँ छैन खाली पछ्याउने
नियातिको कुनै कैदी दास हो कि छायाँ।