भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वृद्ध सपनाहरु / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जब जब
घरमुनिको
नरिवलको बोटको हाँगामा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
काग काग ! कराउथ्यो- एका बिहानबिहानैदेखि
तब तब
मेरी बूढी हजुरआमाका वृद्ध आँखाहरु
पर............
बाटोको उपल्लो छेउसम्म
परदेशिएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो
अनि
स्वचालित ढंगले
केही सपनाहरु बुनिन्थ्यो
न कुनै कु्रसहरु
न त हातहरु नै देखिन्थे आँखाहरुमा
र पनि
वृद्ध सपनाहरु बुनिन्थे- वृद्ध आँखाहरुमा
काग कराउनु
अनि खबर आउनु बीच
कुनै नाता नरहे भैmं,
आँखाहरु
र सपनाहरुको पनि
आजभोलि
कुनै सम्बन्ध छैन
जीवन
र रहरहरु पनि कहीं कतै सम्बन्धित छैन
तरैपनि
जबजब
घरमुनिको
नरिवलको बोटका हाँगाहरुमा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
काग काग ! कराउथ्यो एका बिहान बिहानैदेखि.......