धेरै भइसके कि जीवनमा पीडा
आज फेरि केको खुसी याद आयो
काँडानै काडाँ थिए जिन्दगीमा
बाबरी र जाईजुही याद आयो
भोगिसकेको बेला हजारौँ
बिर्सिसकेको सम्झी याद आयो
मैले हिँडेको बाटो अतीतको
देखेर मेरै रगत याद आयो
पुगी कतै म अल्झिरहेको
जीवनको एउटै कथा याद आयो
मनमा सँगाली राखेको मेरो
खुसी याद आयो, व्यथा याद आयो