तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि
तिमीलाई अँगाली कता कता, भागी जाने धोको मेरो पनि
तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्राण एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि
देवता त हैन म पनि धेरै कमजोरी छ मेरो पनि
पीर वेदना तिम्रो जति त्यती नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि