बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीवन आँसुमा डुब्छ
निको भइसकेको पुरानो त्यो घाउ
अनायासै फेरि बल्झेर बढ्छ
बोकेर चोट अनुरागको
जाँदैछु बाँच्न एकान्तमा आज
सम्झना पनि नपठाऊ भन्छु
कतै जिन्दगी नै झस्केर उठ्छ
सायद निको नहुने मेरो घाउ
डाहा भै बाँच्छ सधैँ मभित्र
बाँचेकै हेर्ने भए फेरि मलाई
हाँसो नै दिने भए फेरि मलाई
अब नजरले नघोच मलाई
तिम्रो हेराइमा बल्झेर दुख्छ
बिर्सेर पनि मलाई नहेर ।