भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
पवनले फूललाई केही भन्यो कि क्या हो / तारिणीप्रसाद कोइराला
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:25, 10 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=तारिणीप्रसाद कोइराला |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)
पवनले फूललाई केही भन्यो कि क्या हो ?
कि झस्किँदै कि मस्किँदै
मस्किएर जिस्किँदै
पवन औ फूलको दिल मिल्यो कि क्या हो ?
प्रियसी पवनको काखमा जो झुकिन्
लाजले चन्द्रमा बादलुमा लुकिन्
पवनको स्पर्शले केशरी छर्कियो
पवनले फूलको दिल हर्यो कि क्या हो ?
रातभर पवनले फूललाई हम्कियो
रातभर वायुमा मधुर वास गम्कियो
मिलनको आशमा जुनकिरी झुल्किइन्
फूलको पातमा मोति पो टल्कियो