औँलाहरु चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम
के विराएँ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के विराएँ? हत्केलामा थापेँ
ती केस जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे,
औँलाहरु चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम
के विराएँ? सपनामा आएँ
सपना र विपना पगालेँ
के विराएँ? फूलमा गालेँ
सिमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रात भरि नीद लागेन रे ।