Last modified on 27 जुलाई 2016, at 08:48

ताजमहलबाट फर्कँदा / ज्योति जङ्गल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:48, 27 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=ज्योति जङ्गल |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


भन्नेहरु सबै
साँचो कहाँ भन्दा रहेछन् ?
गाउनेहरुले गीतमा पनि
झुटो संवेदनको धून भर्दारहेछन् ।
 
प्रेमको मन्दिर भनेर चिनेथेँ ताजमहललाई
समर्पणको इतिहास भनेर सुनेथेँ ताजका गीतहरु
कौतुहलको उत्ताउलो वेग छातीले थिचेर
प्रेमको धैर्यलाई मुटुभित्रै थुनेर
म सुन्न गएथेँ प्रेमका नसुनिने सङ्गतहरु
म छुन गएथेँ प्रेमका नदेखिने तस्विरहरु ।
 
मलाई संसारका
हज्जारौँ प्रेमी आत्महत्याको मुक्ति त्यहाँ माग्नु थियो,
मनमनै चपाएर गरेका
बलिदानी प्रेमको साक्षी उसैलाई राख्नु थियो,
दैनिकीले निलेका
प्रेमका निला ओठहरु फिँजाएर
गुलावी रङ्गले पुनर्रोगन गर्नुथियो ...
नजानी के के सोचेंछु मैले,
 
नजानी के के सोचेंछु मैले,
आमाको वात्सल्यभन्दा प्यारो प्रेम
स्वेच्छाको चाँदनीजस्तो चमकदार,
उफ..
त्यसरी प्रकाशन गर्ने हिम्मत गरेको छ कसले
प्रेमको घोषणापत्र ?
कसले तयार पारेको छ प्रेमको अनन्य महल ?
त्यागको कम्पनले
बिरामी भएर पुगेथेँ त्यहाँ ।
 
अहँ,
सङ्गमरमरको फूलको थुँगा
कहीँकतै मुमताजको आँसुको शीत
मन त्यसै भिजिरह्यो
मन त्यसै ठोकिइरह्यो,
बाँचुन्ज्याल तडि्पएका ती धड्कनहरु
अचानक रोकिएका बेआवाज भित्ताहरुमा
पटक्कै प्यारो लागेन
मृत्युपछिको प्रेमको दर्शन,
समाधिमा प्रेमको तर्पण।
 
 
ताजमहलमा,
जीवनको अन्तिम सत्य
प्रायश्चित गरिरहेथ्यो,
त्यो शान्तिमा
फगत फगत
एउटा भुलक्कडले सम्झना गरेको
अतितबोधको झन्डा हल्लिरहेथ्यो ।
 
ताजमहलबाट फर्कँदा,
मुटु खुम्चिने गरी
आहतको सिरेटो बोकेर
म रित्तै चिसै फर्किएँ,
अलिकति फुर्किएको के थिएँ
प्रेमको अपारतामा डुब्न..
म निस्सार बादशाहसँग
चित्त दुखाएर फर्किएँ ।