Last modified on 4 अगस्त 2016, at 19:35

औँलाहरू चुमेर / बैरागी काइँला

औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम

के बिराएँ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे,

औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम

के बिराएँ? सपनामा आएँ
सपना र विपना पगालेँ
के विराएँ? फूलमा गालेँ
सिमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रातभरि नीँद लागेन रे ।