Last modified on 21 अगस्त 2016, at 02:08

रामदुलारीको प्रश्न / दिनेश अधिकारी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 02:08, 21 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बाबुजी !
म पटक्कै इच्छुक थिइन बिहेको लागि
मेरो उमेर गनेर
आफूखुसी तिमीले नै
मेरो लागि दुलाहा खोज्यौ
तिलक तय गर्यौा
बिहेको निर्णय गर्यौज
 
सँगी-साथीहरू इतरिनु त थियो नै
बिहेको निर्णय पछि-लगत्तै
बिहेको अर्थ बुझाउँदै
आमाले भन्न नमिल्ने कतिपय कुराहरू
बिबाहित दिदी/भाउजुहरूले अर्थ्याउन थालें
जिस्क्याउँदै
दुलाहाको सँभावित व्यवहार
र, आफूले देखाउनु पर्ने
सुझबुझका बारेमा सिकाउन थालें
 
दिनहरू बित्दै जाँदा
ऐनामा मैले पनि
आफ्नो सरिर र जिउका हाउभाउहरू हेर्न थालें
डुब्न थालें मीठा मीठा कल्पनामा
र, आफूलाई मन पर्ने श्रृङ्गारका प्रशाधनहरू छान्न थालें
दुलाहासँग बोल्ने दङ्ग
र, उसँग जिस्किने उपायहरू सोच्न थालें
मनभरि रहरका बुट्टाहरू भर्न थालें
उमङ्गैउमङ्गको अविराम यात्राको रुपमा
जीवनलाई अनुभूत गर्न थालें
 
आज जन्ती लिएर उ आएको थियो
 
म दुलही भएर सिँगारिएकी थिएँ
सँसार मेरो लागि बिछट्टै सुन्दर लागिरहेथ्यो
 
जन्ती, आँगनमा आइपुग्दा नपुग्दै
तिमी भने एकाएक
वैण्ड बाजा बिना नै जन्ती आएको भनेर झोक्कियौ
अपेक्षा गरिएभन्दा थोरै जन्ती ल्याएर
समाजमा आफ्नो प्रतिष्ठा धमिल्याएको भनेर जङ्गीयौ
सुन्नै तयार भएनौ तिमी कसैका कुरा
र, तराईको यो समथर फाँटमा
एकाएक तिमी पहाड बनेर उभियौ
र, अब यो बिहे हुनै नसक्ने घोषणा गर्दै
दुलाहा सहित जन्तीको लस्करलाई ठाडै खुट्टा फिर्ता पठायौ
 
बाइपङ्खी घोडा चढेर
प्रियतमसँग आकाशमा उडिरहेको
सपना देख्दै गर्दा
थाहै नपाई मध्यरातमा
पहिरोले पुरेको घर जस्तै भएको छ मेरो स्थिति
फर्के पनि दुलाहा र जन्तीको लस्कर
फर्कनै नसक्ने भएको छ मेरो मनःस्थिति
 
तिम्रो निर्णयले
म बहुलाएकी छु बाबुजी !
तिमी मलाई अब कसरी सम्हाल्न सक्छौ?
यही अवस्थामा
अब त म बाँच्नै पनि सक्तिन
किन लामो कुरा गर्नु बाबुजी !
के तिमी अब मलाई
आफ्नी स्वास्नी बनाउन सक्छौ?