Last modified on 23 सितम्बर 2016, at 19:00

समर्पण / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:00, 23 सितम्बर 2016 का अवतरण ('कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु सुखको साथी द...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु !

धेरैधेरै मान्छेहरू रूपहरू थरिथरि पुछिदिने कोही हुन्न आँसु हुन्छ आँखाभरि एक्लिएर रोएँ भने वरै ! भन्ने तिमी हुनु वेवारिस भई हिँडे भने मेरो भन्ने तिमी हुनु !

कहाँ बास मागूँ मैले ढक्ढक्याऊँ कुन ढोका राति आफ्नै छाया हुन्न साथी सबै उज्यालोका सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !