Last modified on 23 सितम्बर 2016, at 22:13

आँखाभरि हिउँचुली / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:13, 23 सितम्बर 2016 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आँखाँभरि हिउँचुली छङ्छङ् बग्ने खोला
फेरियो कि मेरो गाउँ अझै उस्तै होला !

पुल पनि भत्क्यो भन्छन् पाटीपौवा ढल्यो भन्छन्
यसपालिको डढेलोमा गाउँले–मन जल्यो भन्छन्
उकालीको एक्ले वर उस्तै छ कि सुक्यो
कप्तानबाको लडाइँको कथा कहाँ पुग्यो !

साथीभाइ कहाँ होलान् कस्ती होली सानी अचेल
सताउँदा मैले उसलाई रुन्थी पीर मानी टल्पल्
जहाँ पहिलो पाइला टेकेँ मेरो गाउँघर
छोडी आएँ धेरै पर आँखैमा छ तर !