Last modified on 23 सितम्बर 2016, at 22:56

मायाको चिनो / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:56, 23 सितम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= रमेश क्षितिज |अनुवादक= |संग्रह= आ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

चाँदीको आँैठी औँलामा हेर्छु सम्झिन्छु उनीलाई
नभुल्नू भनी मायाको चिनो दिएर जानेलाई

अनिँदो रात उस्तै छ सधैँ दिन पनि अँध्यारो
एक्लै छ हिँड्नु यो लामो बाटो जिन्दगी अप्ठ्यारो
आफ्नो त मनको मेटिन्न तस्बिर जीवनभरिलाई
डालीको माया के लाग्दो होला उड्ने चरीलाई !

सिमल भई उड्दो छ मन समेटू कसोरी
बिर्सेर टाढा जानेलाई नजिक म भेटू कसोरी
गोरेटो उही उकाली उही, उही छ चौतारी
छनै नि केवल बिसाउने मान्छे मनको दौँतरी !