Last modified on 25 सितम्बर 2016, at 20:39

गीतको निशानी / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:39, 25 सितम्बर 2016 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

नहुँला म भोलि मेरो गीत होला
तिमी खोज्नु यसमा गहिरो सम्झना
नहोला फेरि भेट नहोला साथ यो
नबिर्से आउँला म आँखामा अल्झिन

गीत मेरो तिमीलाई सम्झनाको चिनु
सम्हालेर राख्नू यसलाई आफ्नो माया दिनू
शब्दले बुनेको यो ताजमहल
घामझैँ पारिलो जून झैँ शितल

झर्ला रङ तस्बिरको उड्ला हुरी आई
यौटा मीठो यादले पुग्छ जिन्दगीलाई
समर्पण तिमीलाई यही छ मसँग
हराई जाँदैन जीउँछ यो अनन्त