कति छ माया यो छातिभरि निर्मोही जान्दैन
न भुल्न सक्छु न खुल्न सक्छु मन पापी मान्दैन
ऊ घाम हाँस्छ म झरी रुन्छु साक्षी छ इन्द्रेणी
म सुम्पीदिन्छु फूलजस्तो वैंस ऊ दिन्न केही पनि
फुकाऊँ भन्छु उसैको सामु कुमारी सपना
दिन–दिन उस्तै लाजको सीमा म नाघ्नै सक्दिन“
शरम लाग्छ सम्झिँदा सपना देखेको रातिमा
मोहनी रूप आँखामा अल्झ्यो काउकुती छातीमा
लजाई बस्छु सामुन्ने हुँदा टाढिँदा धिक्कार्छु
मनको राजा झल्झली देख्छु सपनी सिँगार्छु