Last modified on 25 नवम्बर 2016, at 09:38

मध्यपूर्वको यूद्धपछि / कृष्ण पाख्रिन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:38, 25 नवम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कृष्ण पाख्रिन |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जुनसुकै रेडियोबाट
सुनिन्छ केवल सुनिन्छ
दुई ठूला शक्तिहरु बीचमा
यूद्ध भइरहेछ ! यूद्ध भइरहेछ !!
कसले जित्छ ?
कसले हार्छ ??
संसारभरी एउटा तमाशा भइरहेछ
यो एशियाको यूद्ध पैmलिएर
ग्लोब ढाक्नेछ— कसैले भन्छ
यो महादेशमा मात्र सीमित नभइ
प्रत्येक मानिसमा पैmलिनेछ— कसैले भन्छ ।
मलाई त लाग्छ— जसले जिते पनि
जसले हारे पनि
केवल मानिसमा गएर टुंगिनेछ ।
कुनै देशमा होइन !
कुनै सीमामा होइन !!
कुनै तर्कको पर्वतमा
र, कुनै सम्झौताको टेबलमाथि पनि होइन
यो अवश्य नै
निमुखा मानिसहरुको
रगतको फागु खेलेर
कैयौं आमाहरुका आँखामा आँशु उमारेर
कैयौं आइमाई मानिसहरुका सेता वस्त्रमा
गएर टुंगिनेछ ।
कैयौं बुढा मानिसहरुका लठ्ठी भाँचिएर
कोलाहल भएर टुंगिनेछ ।
खोइ राष्ट्रसंघका ती नियमहरु ?
जसले टुहुरा केटाकेटीहरुका
मृतक पितालाई फिर्ता ल्याउन सक्यो ।
जसले विधवाहरुको सिउँदोमा सिन्दुर
र आमाहरुका आँखामा विश्वास उमार्न सक्यो
ए ! मोर्चाबद्ध यूद्धका सिपाहीहरु
अब तिमीहरुको बम÷ग्रेनेट÷बन्दुकको निशाना
कुनै सिमानामा र देशको बिरुद्ध होइन
कुनै देशको राष्ट्रियता खण्डित गर्न होइन
कुनै मानिसको बिरुद्ध पनि होइन
केवल ती,
जसले तिमीहरुको अमूल्य पसीनामाथि
सधैं दशैं मानेर
मनिसहरुको रगत पिउने प्रवृतिका
ती राक्षसहरुमाथि हुनु पर्छ ।
राक्षस !
जसले घरबारहीन बनाएर
आफ्नो परिवारदेखि टाढा, धेरै टाढा पठाएर
यूद्धखोर बनाए ।
तिनै यूद्धबाजहरुको बिरुद्धमा
अब तिमीहरुले एउटा यूद्ध थाल्नु पर्छ ।
पक्का पक्की यसपालीको यूद्धपछि
कुनै देशले कुनै देशलाई÷कुनै मान्छेले कुनै मान्छेलाई
जित्ने होइन÷हार्ने होइन
एउटा यस्तो यूद्धको थालनी हुनेछ
जहाँ जिते संसार
हारेमा दुई हातहरु
मात्र हातहरु
फगत तिम्रा हातहरु, मात्र हारिनेछ ।