Last modified on 14 मार्च 2017, at 11:55

यात्रा-बाटोको / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:55, 14 मार्च 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= शून...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)



बिहानैदेखि यो बाटो
जाँदैछ कता
आवारा भएर ।

घरहरूलाई छोड्दै छोड्दै
अगाडि अगाडि
पछाडि पछाडि
मात्तिदै लरखराउँदै।

परसम्म
यो बाटो कतै छिरेन घरहरूमा ।

बाटै बाटो
पेटीहरूलाई छुँदै
अग्लिँदै भासिँदै
ओरालो उकालो
जादैछ गन्तव्यविहीन ।

कुनै पाटीमा बिसाँउदैन
कुनै फलैँचामा रोकिँदैन
कुनै बस्तीमा अडिदैन
कुनै शहरमा थुप्रिँदैन ।

भिरालो
तेर्सो
नागी-नागी
एक्लै एक्लै
हिँडिरहेछ ।

हेर, बाटो
कतै बिसाउँदैन ।