Last modified on 16 मार्च 2017, at 08:18

तस्बिर / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:18, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हातमा लिएर हेर्दैछु
एउटा तस्बिरको पत्ती
र खेल्दैछु तर्कनाहरूको तास !
कि तस्बिरहरू कहिल्यै पुराना नहुँदारहेछन् ?
एक वर्षअघि सँगसँगै हिँड्ने
त्यो मायालु सोझो मित्र
भाग्यको गुलाम
कहाँ पुगेर अहिले के गर्दै होला  ?
अंकअंक हिसाब गर्दैछु
थाहै नपाएर चिप्लिएछ एक वर्षको जोकर समय,
कत्ति उदास थियो ऊ
परिस्थितिको बादशाहबाट पराजित
स्नेहको बेगमबाट अपहेलित
भन्थ्यो कहिल्यै हाँस्न सकिएन मन फुकाएर
कहिल्यै खुसीको परेन पप्लु–टिप्लु
तर एकपल्ट के हाँसेको थियो तस्बिर खिचाउँदा
सदैव हाँसिरह्यो ऊ तस्बिरहरूमा  !