Last modified on 16 मार्च 2017, at 10:40

प्रश्नचिन्हहरू / मनप्रसाद सुब्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:40, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


उत्तर सुन्नलाई
कान ठाडो पारेर उभिएका
यी प्रश्नचिन्हहरू
?  ?  ?  ?  ?
तिमीले जब्बर्जस्ती तानेर तन्काएर सीधा पार्न खोज्दैमा
सीधा हुने छैनन् ।
यिनीहरू चाहन्छन् नाङ्गो उत्तर ।

के तिमी नाङ्गिनसक्छौ सबको सामुन्ने ?
नाङ्गोपन नै पो छ के तिमीसित ?