इतिहासका निर्माताहरू सधैँ इतिहासपछि लुकाइन्छन्
ऐतिह्रय, कला र संस्कृतिको जिउँदो रूप— ताजमहल 
मुमताजको स्मृतिस्वरूप/समाधिमा बनिन्छ 
पर्यटकलाई बुझाउँदा शाहजहाँले बनाएको भनिन्छ 
शताब्दीसम्म आकाश गुन्जिने गरी वाहवाही लुटाइन्छन् 
कालिगडका हात काटिन्छन्/ती इतिहासमा दास कहलाइन्छन् 
इतिहासका निर्माताहरू सधैँ इतिहासपछि लुकाइन्छन्