Last modified on 7 मई 2017, at 16:06

आरोपपत्र / जीवन नामदुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:06, 7 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=जीवन नामदुङ |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जिन्दगी बाँचेको निहुँमा
मलाई समयले आरोपपत्र दायर गरेको छ
समयको अन्तहीन महासागरबाट
एक अँजुली जिन्दगी उघाएर
बाँच्नुको एक घुट्को तिर्खा
मेट्न खोजेको युगौँ भयो
आफैले आफैलाई खोज्न हिँडेको
एउटा अन्तहीन यात्राजस्तो
कहीँ, कुनै घुम्ती र मोडहरूमा
जिन्दगी नभेट्नुको पीडा बल्झिरहन्छ
जिन्दगी जरायोको सिङ अल्झेर
निष्ठुर सिकारी पर्खिरहन्छ
धेरै दिनदेखिको भोको, हिंस्रक र आक्रामक
सिकारी कुकुरमा रूपान्तरित समय
मलाई खेदिरहन्छ
मलाई आरोपपत्र थमाइरहन्छ ।