Last modified on 8 मई 2017, at 15:10

परिचय / हेमन्त श्रेष्ठ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:10, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हेमन्त श्रेष्ठ |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आवेदनपत्र भर्दाभर्दै
एक दिन मैले
बाबुको नाम आकाश लेखेँ
आमाको नाम धरती
आफ्नो मान्छे मान्छे
र ठेगाना लेखेँ सडक ।

कसको छोरो हुँ था’ छैन
कसको नाति हुँ था’ छैन
सायद काम नभएर हो
या दाम नभएर हो
कसैले बाबु हुन स्वीकार गरेन
कसैले आमा हुँ भनेर सकारेन
जन्मँदा पहिलो पटक
मैले आकाशलाई देखेको थिएँ
धरतीलाई चुमेको थिएँ
र आजन्म
मान्छेको मखुन्डो भिरेर
सडकमा भौँतारिइरहेछु ।

कति दोहोर्यामउने
आडम्बरी नामहरू
जिन्दगीले सधैँ
भोगिरहेछ पराजय
भर्दाभर्दै आवेदनपत्र
मैले हराइसकेछु
आफ्नो खास परिचय ।