Last modified on 11 मई 2017, at 09:28

अक्षर / विधान आचार्य

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:28, 11 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विधान आचार्य |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


अक्षरहरूको जुलुस
विचारको ब्यानर र
नीबका प्लेकार्ड लिएर आएपछि
अक्षर नरुचाउने भाषण र शब्दहरू
हाहाकार गर्दै दौडिरहेको दृश्य हेर ।
 

देश सधैँF झूठको फसल खाँदैन
देश सधैँ रगतको टीका लगाउँदैन
देशमा मानिसहरू छन्
देश सधैँ पशुहरूको मात्र हुँदैन ।
 

देश आँखाले देख्ने दृश्यको हुन्छ
          देश कल्पनाको दृश्यको मात्र हुँदैन
देश अनगिन्ती फूलको सुवासको हुन्छ
          देश कसैको राग र गन्धको मात्र हुँदैन
देश आँखाका नानी र तिनको निर्माणको हुन्छ
          देश आँखाका परेलाको ढाँचाको मात्र हुँदैन
देश नाक उठाउने कर्मठताको हुन्छ
          देश नाकको आकारको मात्र हुँदैन
देश छातीमा सँगालेका प्रीतका दृश्यमा हुन्छ
देश तिनका उदात्त चेतनाको सुवासमा हुन्छ ।
 

त्यो चेतना र प्रीतका खाका कोर्ने
सुन्दर विचारका अक्षरहरू
एकजुट भएर आएपछि
तिम्रा एकोहोरा आलापहरू नभागेर सुखै छैन
अब अक्षरहरू क्षर नहुने सङ्कल्पमा छन्
आफै जोडिएर अर्कै नयाँ शब्दका विकल्पमा छन् ।
 

आऊ, यिनै अक्षरहरूसित हिँड
शब्द, समयलाई नै निर्माण गर्न देऊ
हाम्रा अक्षर दयालु छन्,
तिमीलाई जीवन दिने छन्
के तिमी आफनै जीवन चाहन्नौ र ?