मन्दिर बाहिर मागिरहेथे
असक्तहरु,
पाकाहरु,
हात खुट्टाँनभएकाहरु,
आँखाँनभएकाहरु,
बाउ आमाले नकारेकाँछोराछोरीहरु ,
र छोराछोरीले इन्कार गरेकाँमाताँपिताहरु ।
ओइलाउन नमानिरहेको फूल,
सस्तोमाँकिनेको चामलको अक्षता,
प्रदुसित सुद्ध पानी
र आडम्बरी मन थालीभरी बोकेर
आए एक हुल
देवताको पूजाँगर्नेहरु ।
छड्के आँखाँलगाउँदै
पसे फलामाको ढोकाँभित्र
र पुजे ढुङ्गाको मूर्तिलाई ।
बाहिरिँदै गर्दाँ
फालिदिए केही पैसा
थोरै चामल वाँयस्तै अरु केही ।
अलिक पर सुनियो
–यस्तै गर्छन् भनेर
पोहोर नै पुर्याइदिएँ
बृद्धाश्रममाँ।