रुद्राक्षको शीतल सिंयालमुनि
तपस्यारत् छ षडानन्दको सालिक
आश्चर्य भावसँगै–
प्रत्येक ओठओठमा झुन्डिएका छन्
बर्खामा, एउटा पातलो गम्छा ओच्छ्याएर
अरुण नदी तरेको षडानन्दको कथा ।
पौरखी छोराहरूले
वृद्धआश्रममा छाडेका बाबुआमाजस्तै
निरीह दिङ्ला
बूढाहरूले धमिला आँखामा
बैंसका रोमाञ्चक दिन सम्झेजस्तै
सम्झिरहेछ
मेरै छातीमा रुद्राक्षको गुच्चा खेलेर
यहींको प्राकृतिक सौन्दर्यमा हराउँदै
हुर्किएको हो कवि फलाना......
बाँदरझैं खुरुर्र् रुख चढेर
कटुस टिप्दै खाँदै मिल्काउँदै मेरै रोहवरमा
काठको पार्टीमा साँवा अक्षर कोरेर
कन्ठाग्र पार्दै गीताका श्लोकहरू
सुरिलो स्वरमा भट्टयाउने गथ्र्यो
नेपाल अधिराज्यको लोकतान्त्रिक सचिव
फलाना.......
पढाइ कम र चकचक ज्यादा गरेर पनि
यही“को वात्सल्यको भर्याङबाट
उक्लिएको हो सफलताको चुली
फलाना पार्टीको, फलाना मन्त्री, फलाना....
यही हो– षडानन्दको नाबी गाडेको डा“डो
यही हो– षडानन्दले स्नान गर्ने पोखरी
यही हो– नयाँ संरचनासँगै
ढुङ्गाका पुरातात्विक सामग्री मिल्काएर
जिर्णाेद्धार गरिएको भग्न मन्दिर
यही हो– षडानन्दले
शिक्षाको ज्योति छरेको पाठशाला ।
डा“डामाथिको मन्दिरको
अगाडिको ढोका भत्किएपछि
अहिले पछाडिको ढोकाबाट
निहुरेर छिर्छन् भक्तहरू
लेउ लागेको हरियो पोखरीमा
सल्बलाइरहेछ अतीतको धमिलो छाया
टाढिएर, मनका भित्तामा टाँसिएको
आफन्तका तस्विरजस्तै
दिङलाका आँखामा
अहिले मात्र टाँसिएका छन्
असीम सम्झनाका धूमिल तस्विरहरू
मुटुमा कोरिएका छन्
गर्व र आत्मसन्तुष्टिका दन्त्यकथा ।
एउटा सोचमग्न कविजस्तै
मनभरि जीवनका इन्द्रेनी अनुभूति खेलाउँदै
दिङला पर्खिरहेछ
एउटा उज्यालो सपनाको विमोचन ।