Last modified on 16 मई 2017, at 17:28

बर्सातमा / सुदीप पाख्रिन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:28, 16 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुदीप पाख्रीन |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बर्सातमा....
बेसोमति नदीहरु
आफ्नो धार छाडी किनारबाट उक्लन्छन
र, कुद्छन छानाहरुमाथिबाट
गल्लीहरुमा, चौकहरुमा अफ्ठ्यारै नमानी

बर्सातमा....
नग्न खोलाहरु
बगरहरु उक्ली सतहबाट हुइकन्छन्
र, उर्लन्छन मानिसहरुमाथि
बस्तीहरुमा, गाउँहरुमा लाजै नमानी

बर्सातमा....
धमिलो, आँखा नभएको
मृत्‍युको छायाँ सल्बलाउँदछ - पानीमा

बर्सातमा....
मृत्‍यु
स्वयं गड्गडाउँदै बग्दछ - पानीमा

बर्सातमा नै त....
कुवाभित्रका भ्यागुताहरु
घमन्डले अझ उन्मत्त भै टर्टराउने गर्दछन
आफु मात्रै 'ठूलो' हुनुको भ्रममा

'हुनु' हुने गर्दछन - बर्सातमा !
'नहुनु' पनि हुने गर्दछन - बर्सातमा !!

त्यसैले
बर्सातमा....
बोल्न खोज्नेहरु नबोल्नु
बर्सातका झर.... झर.... माझ
'बोल्नु' को औचित्य कहाँ हुन्छ र ?