Last modified on 20 मई 2017, at 00:03

म / लक्ष्मीप्रसाद देवकोटा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 00:03, 20 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन–
दाना तिलको,
यति छु मसिनो ! सक्छ को सम्झन ?
दिल झिल्को ?
अलग सचेतन सागर चेतन
कण जलको !
जति जति गिर्दछु उति उति उठ्दछु !
अन्त न बलको
विश्व बनाउँछु, विश्वधनी छु—
क्षण–झुल्को ।
सृष्टि, स्थिति र प्रलय म भोग्दछु,
प्रतिपलको ।
मेरा नीलिम गहिराइमा
मेरै अनिलको
तपन, जपन र अन्तः स्वपन छन्
ऋजु र कुटिलको ।
सब ती विसर्जन मिल्दछु जलमै,
जल–फुल्को !
जोरिन्छ जतातिर मानवतासँग,
साँध यो दिलको,
अनन्त शक्ति र ज्योति छु उत्तम
युगको अमर झिल्को !