Last modified on 21 मई 2017, at 17:44

गुनासो / गोपालप्रसाद रिमाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:44, 21 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपालप्रसाद रिमाल |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

म अहिल्यै त नमरुँ, नमरुँ !
मेरो यही एउटा इच्छा, यही एउटा पुकार
एउटै यो जिउँदो गुनासो, रहीरही ठुँग्ने यो
एउटै पीर-
म नमरुँ, अहिल्यै नमरुँ !
मैले नहिर्काई चित्तै नबुझ्ने गरी थाहा पाएँ-
मेरा यी पाखुरामा कुन बल लुकेका रहेछन्-
म वालिजत्तिकै बली रहेछु-मलाई हटाउन रामले जस्तै
लुकेर प्रहार गर्नुपर्ने रहेछ।
त्यसैले मेरो यो भुजाको बलले,
मेरो हृदयमा जागेको जहरिलो घृणाले,
मेरो धारिलो मस्तिष्कको चोटले
मेरो दुश्मनमाथि म आफ्नो पनि माया मारेर
निस्पि्कक्री नबज्रेसम्म,
मलाई मारेर आजसम्म बाँचिरहेका दुश्मनलाई
लम्पसार पार्दै-
हत्ते देखाएर उसको मन पगाल्नपिट्ट नलागेर
साथै उसले सोझै मसँग मागेको प्रहार
नदिएसम्म
म नबिलाऊँ, नडगूँ !
म अहिल्यै त नमरुँ !
मेरो एउटै यो जिउँदो गुनासो
नमरेको यो धोको, यही एउटा धीत
म अहिल्यै त नमरुँ, नमरुँ !
अहिल्यै त नमरुँ !