Last modified on 26 मई 2017, at 12:33

जलन / विष्णु न्यौपाने

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:33, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विष्णु न्यौपाने |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

खानै नपाइ नपिई तनगर्त जल्छ
इष्र्या बढे पनि छिटै कद नूर ढल्छ ।
यो राज्यमा अझ कति प्रतिघात चल्छ
सुन्दा ममा रिस बढी शिर नित्य जल्छ ।।
(१)
आगो छ आज मनमा तनमा छ आगो
यो श्रृष्टिको उदरमा जडमा छ आगो ।
दन्कीरहेछ अहिले जलभित्र आगो
यो देशमा जगतमा फगतै छ आगो ।।
(२)
आगो सरी तर उठोे युग घोर दासी
बाढी विकास मलिलो नखुली नहाँसी ।
हाँसे छिमेकहरू ती सुख स्वर्ग भित्र
यो स्वर्ग रुन्छ अझ खै अनिकाल भित्र ।।
(३)
हामी दरिद्र श्रमका बलका धनी छौ
ब्रम्हाण्ड कै मन छुने जलका धनी छौ ।
हेरेर देश दुनियाँ मन मुग्ध हुन्छ
त्यो देशकै जन भने दिन रात रुन्छ ।।
(४)
हाम्रो अभिष्ट मनमा अनुराग बन्छ
निर्लिप्त भै कुलत मै दिन काटुँ भन्छ ।
आफैं पिएर मदिरा मति दुष्ट धर्दै
मास्छौं भविष्य शिशुको दुख दर्द भर्दै ।।
(५)
बन्ने मुहान गतिलो अझ छैन सुद्धि
संसारले गति लिंदा सिकिएन बुद्धि ।
रोपी विषाक्त विरुवा फल खोज्नु कस्तो
झारौं बलिन्द्र दुखका अब आँसु सस्तो ।।
(६)
उद्देश्यहीन गतिको क्षति उच्च हुन्छ
मासी भविश्य पहिले पछि भाग्य ठुङछ ।
डुब्दो छ पूर्ण रुढिमा तर खोज्छ पुण्य
टिप्तैन कर्म गतिलो मति प्राय शून्य ।।
  (७)
माला जपेर तुलसी कति फल्नु अन्न ?
उत्पादकत्व अझ बढ्नु कि बढ्नु ज्ञान ?
निर्माण गर्नु कहिले ? नव वस्तु तत्व
विज्ञानको प्रविधिको कति होे महत्व ?
(८)