Last modified on 5 जुलाई 2017, at 15:59

डोरिस / सविता गौतम दाहाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:59, 5 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


डोरिसले मलाई
भेटेकी थिइन् अस्ति साझं
एनराइटलाई चिन्छौ रु सोधेकी थिइन
किरणसंगको भेटघाट प्रसङ्ग
पनि सुनाएकी थिइन् ।

म मुन्टो हल्लाउदै
नचिनेको भाव ब्यक्त गर्दै थिए
फेरि सोधिन उनले
अमृता र अरुणधतिलाइ त पक्कै चिन्छौ होलारु
तिमै्र नजिक छन उनीहरु त
मोमिला त तिमै्र छिमेकी हुन
कसो उनलाइ पनि जान्दैनौ रु

म चुपचाप नचिनेको संकेत गर्दै गए
हार मानिनन् उनले
मलाइ भनिन
भर्खरकी छौ तिमी
नमान चिन्ता
आउदां चालिस बर्षमा
सबैलाइ अवश्य चिन्छौ ।

धैर्य गर्दै जाऊ
अनि वग्दै जाऊ अविरल
सबैतिर पुग्छ तिम्रो तरलता
आफ्नो मौलिकतामा
तिमी बिस्तारो पाइला सार्दै जाऊ ।


डोरिस लेस्सीङ २००७ मा ८४ बर्षको उमेरमा साहित्यको नोबेल पुरस्कार पाउने वेलायती लेखिका हुुन ।