पौरख बोकेर
उत्साहको अज्ञात बाटोमा
दौडिरहेको तीव्रता देख्छु,
र खोजिहेर्छु
तिम्रो ओठबाटै हराएको मुस्कानको बोट,
अनुहारका धर्काहरुमाझ
छोपिएको कुनै सौन्दर्य।
हतारमा कता झार्यौ यौवन ?
न एकछिन् विसाएर
उमेरसग जिस्कियौ ?
अहिलेसम्म नलगाई सिंगारेको
तिम्रो रहर कस्तो छ ?
नअघाई जोगाएको तिम्रो स्वाद कस्तो छ ?
सुनसानमा उभिएर
ताराहरु हेर्यौत कि कहिले ?
धित मारेर
लामो सास फेर्यौय कि कहिले ?
आफैं बग्ने
जीवनका हजार पाइलाबाट
कुन यन्त्र निर्माण गर्यौ ?
कि बिक्री गर्न
स्वयंको मोल राख्यौ ?
एकदिन,
तिम्रो हातको मसाल
अरु कसैले बोकी कुद्लान्
समयको झङ्कारले
यात्राको सवै लय टुट्लान्।
ओ यात्री द्र
तिम्रो फुर्सत हेरी बस्ला
आफैंले काटेको लामो बाटो,
र काट्न बाकी
अलिकति भयभीत बुढ्यौली।