Last modified on 6 जुलाई 2017, at 09:57

निर्बन्ध / ज्योति जङ्गल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:57, 6 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्योति जङ्गल |अनुवादक= |संग्रह=मु...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

 

कुन तमसुकमा
कहानिर लेखेको छ ?
कि निधारमा छ ?
जिन्दगी बन्धकी बनाएर
तिम्रो नाम गरेको लिखत।
 
पुस्तापुस्ता
पुनरावृत्त हुने सूर्य जस्तै
दास जुनी
कुन समय भुक्तान हुनेछ ?
 
कैदमा त ,
तिमीले देखाएको तरुनी जून
कहिल्यै मुस्काएको देख्दिन,
घाम पनि उजेलो छैन,
यो बतास
च्याम्बरमा जिउदाहरु जलेको
गन्ध लिइ हिडेको छ,
तिमीलाई किन
यो गन्ध मनपर्छ?
मेरो थुनेको
सासको आवाजको आवाज किन मनपर्छ ?
 
निधारै सहि
म च्यातिदिन्छु
बन्धकको तमशुक
र छरिदिन्छु
औंठाछाप लाउने
गिडुल्का औंलाहरु
 
आज,
म निर्बन्ध हुन्छु
तिमी अङ्गहीन हुनेछौ।