Last modified on 6 जुलाई 2017, at 10:06

प्रेमको बयान / ज्योति जङ्गल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:06, 6 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्योति जङ्गल |अनुवादक= |संग्रह=मु...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


 
म सुन्दर
तिम्रो आखामा
सूर्यभन्दा चम्किलो
मोती झैं सुहाइरहेछु।
 
उज्यालोको यो चञ्चल चमक,
पट्याएर गोजीमा लुकाउनू
र पुस्नु पसिना विसौनीमा
तिम्रो थकान समेटेर
म शीतलता सुसाइरहेछु।
 
सबै आगोका फिलिङ्गाहरु निभ्छन्
र मुस्काउछ
एउटा रातो गुलाफ
पग्लेका असिना जस्ता
आकारहीन हराउछन्
अप्ठ्याराहरु
र मुस्काउछ तृप्त समयको ज्योति।
 
लेख्नुपर्दा पनि हारिरहेछु
तिम्रो कटुता
ढाट्नुपर्दा पनि मातिरहेछु
तिम्रो मादकता
यसरी सौन्दर्य चक्काउने
जादु बोकेर उड्छौ
र खसाउछौ समपर्णका फूल,
 
म तिनै फूलका पत्रमा
तिम्रो बयान लेखिरहेछु
प्रेमले प्रफुल्ल नाचिरहेको
जीवनको सरगम लेखिरहेछु।