Last modified on 6 जुलाई 2017, at 10:08

घरको छायाँ / ज्योति जङ्गल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:08, 6 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्योति जङ्गल |अनुवादक= |संग्रह=मु...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

 
 
चाह जस्ले राखोस्
बीउ जस्ले छरोस्
जब दुरी फैलिन्छ दुइ हृदयबीच
मात्र घाऊ फल्नथाल्छ।
 
झ्यालबाट छिर्दैन
जीवनको जुन
रात अलकत्रा जस्तो
घीनलाग्दोगरी जम्न सक्छ
मात्तिएर लडेको अचेत निदाएजसरी
लडिदिन सक्छ जागरपनि।
 
नानीका कलिला ओठबाट
मुस्कान हिडिदिन्छ पाहुना जसरी
घरभरि कुनाकुना
कसिंगर भएर विझाउछ जिन्दगी।
 
अनायास बिसाएर
बिना मोड हिड्ला जिन्दगी
नभेटिएला
साथ निभाउने नजिकैको न्यानो
अलपत्र पर्लान् विपनाहरु
तटस्थ रहलान् सपनाहरु,
ए समाल्नू !
आजै समेट्नू !
तिमी र तिम्रो माया
घर र घरको छाया।