Last modified on 16 जुलाई 2017, at 16:13

परदेशी / सविता गौतम दाहाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:13, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


आफनो शहर, आफ्नो घर
कति याद आउँदो होला
हरेकपल्ट लाग्ने कुकरको सिटीले
आमाको भान्सा कोठा पुरयाउदो होला
छिमेकमा बज्ने साँझको पुजास्त्रोत्र र घण्टीले
पूजा गरिवस्ने हजूरआमानेर पुरयाउँदो होला
प्रसाद लिन अघि सर्ने गरेको हात हेर्दो होला
परदेशी !
हर घडी,यो अनंकन्टार कसरी झेल्दो होला !

प्रियाको झझल्को
धान खेतमा बहेको हावाले बनाएको हरीयो नदीमा
कति पौडदो होला
उनीलाइ छोएर हुइकिने वताससंगै
कतिपल्ट मायालु आभाष
कोशौ यात्रा गरेर आयो होला
परदेशी !
हर दिन, यो विरानोमा कति आफन्त खोज्दो होला !

कहिले लामो, कहिले छोटो विदामा
घरजादाँ एक्लोपनको कथा भावुक भएर
सवैलाइ सुनाउँदो होला
केही खुशी, केही विरहका पल बाड्दो होला
सघैं घर फिर्ने दिन गन्दो होला
परदेशी !
यो विरानोमा कति आफन्त संझदो होला !