Last modified on 22 जुलाई 2017, at 16:41

मेरो धर्म्म / लक्ष्मीप्रसाद देवकोटा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:41, 22 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


क. सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनाले
क्या फीँज निकाले !
किरण छरी दी तब कल्पनाले !
लडका–दिलमा रहने कविले धरम निकाले, कथा सँगाले !

ख. पुजारी डर भो, औ भक्त भो,
अज्ञातलाई अज्ञेय पारी
रचेर मन्दिर, कुँदी बसाले !
अनेक बान्की दिई छिनाले !

ग. बालक ऋषिका कथा मीठा छन्,
म सुन्छु सुन्छु !
यो कल्पनाको परी जगत्‌मा,
म रसले घुम्छु म रसले घुम्छु !
सफा छ खोजी विचित्र मीठो,
म मग्न हुन्छु, सतृष्ण हुन्छु !

घ. बगिरहेको मलाई जल देऊ !
सुकोस्, पुगोस्वा पयोधि दूर !
मलाई केवल समुद्रष्णा तृ
छचल्किएको, ध्वनि प्रचुर !

ङ. मलाई शङ्का सँगी रहन्छे !
मभित्र थोरै छ भित्रको ज्ञान
तथापि घुम्दो छ नागबेली,
तरङ्ग मेरो, समुद्रको गान !
यता छ लरबर,
उता छ आह्वान !

च. विदित चिरेर किनार पारी, लगाउँदो छु म फूलबारी !
नभेटिएको,नछोइएको,
प्रवाहको तर प्राणछ जारी !

छ. म गर्तमा गै, "समुद्र छैन”
भनें बराबर, अडी शिथिल प्राण !
बराबर निस्कें, नभेटिए त्यो,
मीठो छ भन्दै मनुष्यनिम्ति
मरुमा कुर्वान !

ज. म आफूभन्दा अगाडि खोज्छु,
म आफूभन्दा पछाडि गाँस्छु !
म जलहरुमा झझल्किएको
सतृष्णताको गति मिठास छु !

झ. यहाँ छवि छ, वहाँ छाया,
झिमिक झिमिकमा धधप्प, झप्प !
        जो भेटिएको त्यहीं अडेर
        यही हो भन्ने हठ प्रदर्शन
        म लिन्न,
        बग्छु, भजी अलभ्य !
 
ञ. ‘फटिक’ को मन्त्र लिई बगेथें,
        जहाँ छ माटो !
        म एक निर्मल पछाडि ‘कलकल’–
        ले लिन्छ बाटो !

ट. कहिलेकाहीं किरणको कर ली
        कदम छ दुइचर !
        टिपी झलक त्यो बनाऊँ ठेली !
        म बग्छुु लाचार !
 
ठ. त धम्र्म के हो ? सदा पिपासा,
        र त्यसको भाषा, र तृप्ति–आशा !
        अनन्त पाए, घुसेर उरमा,
        सँगेटी सब धार
        निदाउनु एकबार !