Last modified on 22 जुलाई 2017, at 21:39

रजनीसँग / लक्ष्मीप्रसाद देवकोटा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:39, 22 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


क.

के यी ताराहरु हुन् सारा अश्रुबिन्दुका रे जीवन ?
फीका एक अँध्यारोभित्र, सुन्दर कोही
सम्झी जल्छन्,
ढल्छन्?
के यसैले विश्व–धनी ?
सोध्छिन् उरमा शान्ति खसाली,
अवनी !
 
ख.
अपूर्व राम्री ए सुकुमारी ! तल फर्केकी मीठी जून !
प्यास पहेंली देखिन्छयौ किन ?
विषाद–वदनी सुन्दरतासरि !
हृदय लिईकन चल्दछ कुन ,
 
ग.
के यो तृष्णाकै हो मोहनी ?
तिम्रो पनि ?
कलिलो, पीलो, रसिलो, हिसिलो,
केही आँशु–हँसिलो, यो नीलोमा,
अविश्लेष्य यो शोभा के
मुटु हो सतृष्ण विषाद ?
जल्ले तिमी छौ धनी ?
 
घ.
आउँछ याद !
ग्रीसी पर्वतमाथि सुतेको
एक युवाको माल
देखी, मुग्धा, विह्वल बनिथ्यौ
कोही काल !
 
ङ.
सुन्दरताको सुन्दरता हो
आूफूभन्दा परको प्यास !
शायद त्यसैले अपूर्व तिमी छौ !
सुषमा ! मृदुल, उदास !
 
च.
जलभुवामा पथमा चल्नु,
विहाग–रागमा अश्रुत झुल्नु,
विरह–व्यथाझैँ मुस्की जल्नु,
एकलासमा डुल्नु !
पीयूषमुखी !
तिम्रो यस्तो बानीले नै
रानी !
चकित जगत्ले सोध्छ, “त्यहाँ के
बस्छ लुकी ?”
 
छ.
अम्बरभित्र अम्बर हुन्छ,
सुन्दर पनि के तिमीतिर रुन्छ ?
यस्ती जगबकी तिमी अहो!
कस्तो कल्पिन सक्नु सुन्दर
होला त्यो ?
 
ज.
राम्रो सम्झी हामी रुन्छौँ
अवनीमा !
हाम्रा कणझैं देख्छौ तारा,
प्यासको भाषा पढिरहेछौँ,
पीयूष मानी,
रजनीमा !
 
झ.
 तर यो संसार मजा छ !
तर यो संसार मजा छ !
यस्तै ! यस्तै !
यो बुलबुलको हो रात !
चौबीस घण्टा ! चौबीस घण्टा !