Last modified on 23 जुलाई 2017, at 10:58

फूलफूलमा पातपातमा / दिनेश अधिकारी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:58, 23 जुलाई 2017 का अवतरण




फूल–फूलमा
य दिनेश अधिकारी

फूल–फूलमा पात–पातमा
पोखूँजस्तो लाग्छ जोबन
मनभरि तनभरि
शीतमाथि घामसरि
खुल्न खोज्छ मेरो चाहना
 
हिजोभन्दा आज राम्रो
लाग्न थाल्यो आफ्नै रूप
बात मार्न मन लाग्छ
एकान्तमा आफैँसित
किन यस्तो हुन्छ भन न ?
बादलमा उड्छ यो मन
 
परेलीको वरिपरि
छायाँ खेल्छ घरीघरी
रङ्ग छर्छ कोही मेरो
भावनामा सरीबरी
किन यस्तो हुन्छ भन न ?
यस्तै हुने हो कि मिलन ?