दोबाटोमा उभिएर कल्पिरहे सोचिरहेँ
तिमीलाई भेटेपछि कस्तो थिएँ कस्तो भएँ
धेरै कुरा भन्न खोजेँ मनभित्र गाँठो भयो
कहेी लेखूँ कागजमा भाषा आफैँ लाटो भयो
जीउने ढड्ड बदलियो आफैँ पनि बदलिएँ
म त यस्तो हुँदै होइन किन आज यस्तो भएँ
यस्तो लाग्छ सपनीमा भेट होला भनी
निदाएरै हिँडूजस्तो बाटो हिँड्दा पनि
मर्न पनि डर छैन कति सस्तो भएँ
मान्छे आफू उही नै हुँ अब अर्कैजस्तो भएँ