Last modified on 28 जुलाई 2017, at 22:55

शिविरबाट / विमला तुम्खेवा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:55, 28 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विमला तुम्खेवा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


यसबखत विस्थापित गरिएको छ
आस्थालाई
आस्था उदाएको शिविरबाट
अलि पर एउटा संवेदनाको बस्तीबाट
आस्था —
हराएको विरूद्धमा
एक हूल मनहरु आन्दोलित छन्
मान्छेहरु —
अहम्ले अँध्यारोमा तीर हानिरहेछन्
विभाजनको ... ... ...
आतङ्कको ... ... ...
संस्मरणको प्रत्येक यादहरुमा
चाहनाका नजरहरु बाँचेर मरिरहेछन्
मरेर पनि बाँचिरहेछन् आस्थाको शिविरमा ।