जीवनशैत्यका
प्रतिप्रभातमा
प्राणका आघातले
रविका करमा
थपिदिएका फिलिङ्गाहरु
चतुर्दिशा-छरिएर
भरिदिन्छ जीवनोत्ताप
कुहिरो-थुरथुर दिवालोकमा ।
जब दिन ढली जान्छ
दिग्-वृत्त तट
बढ्छ जब शैत्यप्रकोप
नविड रात्रिमाझ
शीत-स्वपनमा-
गर्दै बस्नेछ देहमा, दोहोत्ताप-सञ्चारण
प्रगाढ आलिङ्गनले
जीवन प्रेयसीका ;
त्यो क्षण,
मात्र यत्ति अलिकता
हुन्छ अरे जीवनको चाह;
बाँकीहरु, पाएका जम्मै, विफल दाह;
नींदको कारणमा
पर्नेछ ढली सुस्तरी प्राण
पौरी खेल्दै बज्दै रहन्छ
शीत-सिक्त जोत्स्नामा
रात्रिको अलौकिक पूर्वी तान,
सुप्त रहन्छ मुखर भाषा
गाँउदै, बहँदै रहन्छ
मूक वेदनाका विमुक्त गाथा
बहँदै जान्छ बहँदै जान्छ
पूर्वदिक्देखि
पूर्वी हवा
हुन्छन् समाधान, रहन्छन् स्थगित
दिनु लिनु
सब,- जीवनका ।