Last modified on 29 अक्टूबर 2017, at 09:08

त्यो रात अँध्यारो रात / रवीन्द्र शाह

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:08, 29 अक्टूबर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रवीन्द्र शाह |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


त्यो रात अँध्यारो रात मैले त भूल गरी सक्ं
तिमीले किन सही दियौ

पत्थर होइन मान्छेको मन
रोक्दा रोक्दै मात्तिन सक्छ
जब मानिस बेहोस हुन्छ
मायाको मोल बिर्सन सक्छ
जब म आँधी भएर आएँ
तिमीले यौवन सम्हाल्नु पर्छ

देवता मात्र होइन मानिस दानव पनि हुन्छ ऊ भित्र
विश्वास मात्र होइन जीवन आवेश पनि हुन्छ ऊ भित्र
जब म तिर्खा लििएर आएँ
तिमीले खोला सुकाउनु पर्छ ।