Last modified on 8 नवम्बर 2017, at 10:56

शेष उडान / ओकिउयामा ग्वाइन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:56, 8 नवम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= ओकिउयामा ग्वाइन |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


तिम्रो दिशामा गीतका तानमा-
प्राण उडी जान्छ
प्राण उडी जान्छ
दैहिक बन्धन छुटाएर
एेहिक चरममा विलय हुन-

त्यो,-मात्र मानसिक निमेष एक-
गीत बन्द भइजान्छ
सुर तरी हिँड्छ
माथिमाथि
जीवनका अ-सुर ।

प्राण झरी पर्छ धराका अङ्गन (आँगन)
पङ्ख विकल हंसजस्तो
वृष्टिशिलाका आघात,

यसं कारण म
पृथिवीको पृष्ठ<ref>पृष्ठ- पुस्तकको वा अन्य कुनै वस्तुको पातो अथवा पिठयूँ ।</ref>मा कविको भाषामा
चाहान्छु लेखेर जान
धराले समाती छोपेर मलाई
कसरी पाउँछ राख्न,

स्वप्न मेरो भत्कन्छ कसरी, हुताशले
कसरी बनेर जाग्छ फेरि
विपना हुने आशाले
कसरी हुत्त्याएर उडाउँछ पुनः
विडम्बनाका दुर्धर्ष बतासले ;-

यी वारंवारका
आशा-निराशाको अशेष पारावारमा
स्‍नान गरेर शुचि म भएर
अपलक नयनले
मुग्ध भई
बाँखा फारी हेरी बस्छु
अदृष्टतिर
उडी जान्छु भनी,- शेष उडान ।

शब्दार्थ
<references/>