मनमा हुन्छ मानो वृष्टि आउँछ उत्री
कुन्नि कुन अज्ञान दिशादेखि
घुर्णपाक<ref>घुर्णिपाक, घुर्णिव्याता – भुमरी हावा</ref>ले सूच्यग्र शीतल बतास
मलाई घोचेर हिँडिजान्छ उडी
मलाई घोचेर उडिजान्छ फेरि ।
आकाशमाथि बादलसभामा कज्जल साजले
क्षीण अग्नि, रेखाहरुले वङ्किम ग्रीवाले
चियाउँदै हेर्छन्
धरित्री त्रासले, कसरी काम्दी छ
ऊर्ध्वमा जब गर्जन गर्छ,-वज्र
मनमा हुन्छ मानो वृष्टि आउँछ उत्री
हुरी चल्नेछ वन्या सह
देहगत जीवनका आवर्जनाहरु
नचाहिएर पनि राखेछु जुन एकत्र गरी
प्राण मेरो मुकत गरी
मोहपाशदेखि
जलप्लावनमा गइहाल्छन् तरी-
मुक्त म
हुन्छु देह मन
जीवनको नव पृष्ठ हुन्छ नवाङ्कन
कालिमा-विहीन अभ्र<ref>अभ्र- रौप्य=चाँदी, चाँदी झैं सेतो ।</ref> रसले-
मनमा हुन्छ मानो
आउँछ
वृष्टि उत्रेर अब स्निग्ध चालले ।
मनमा हुन्छ मानो आउँछ वृष्टि उत्रेर अब
मेरो भुवन नव-किशलयसह
कलिला हरियाले हुन्छ ढकमक्क
सूक्ष्म धूलाका धूसर आवरण
जानेछ विलीन भएर ;
मेरा चतुर्दिक् फुल्नेछ फूल
गन्ध मृदुल प्रेमले
केका आउँछ पङ्ख फिंजाई
नर्तन-भङ्गिमाले ।
जगत् जागेर आउँछ हाँसेर
मलाई धरामा वरण गर्न
प्रेममाल्य हातले ।