Last modified on 15 अप्रैल 2020, at 11:48

एकदिन / गीता त्रिपाठी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:48, 15 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


एकदिन
एकदिन
उसले
ठूलोघर बनाउने अठोट गर् यो
 
उस्को बहादुरीको
उस्को परिचयको
उस्को आफ्नै मोडेलको
एउटा ऐतिहासिक घर
 
सुनको प्रतिमा राखेर
पूजा गरेर
जग बसायो
र जगमा असङ्ख्य बली चढायो
 
धेरैले
ज्यानको बाजी लगाएर
बनाएको घर
साँच्चै सुन्दर बन्यो
 
उसलाई थाहा थियो
फेरि उस्ले
यस्तो घर
कहिल्यै बनाउन सक्नेछैन
 
उस्लाई
एक्लै रजाइँगर्न मन लाग्यो
घरभित्र उस्ले
आफ्नै इच्छाको कुची चलायो
आफ्नै रुचिको रङ्ग लगायो
 
घरबाहिर
बडेमानको ढोका उभ्यायो
र बन्दढोकाबाहिर
लेख्न लगायो-
 
कुकुरदेखि होसियार!