Last modified on 28 अप्रैल 2020, at 10:58

मेरो प्रिय तिमीलाई / दैवज्ञराज न्यौपाने

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:58, 28 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


फूल भनूँ काँडा भनूँ के के भनूँ कसो भनूँ
मेरो प्रिय ! तिमीलाई नजिक या टाढा भनूँ ।

गएपछि टाढा तिमी यथार्थमा पर भयौ
तैपनि यो कलेजीमा कतैतिर नजिक छौ
मेरो प्रिय ! तिमीलाई कहाँसम्म पछ्याऊँ म
उजेलीले नपुगेर अँधेरीमा ठम्याऊँ म ।

नदेखिने हुँदो रैʼछ नेटो काटी गएपछि
कहाँ हात समाऊँ म नछोइने भएपछि ?
मेरो प्रिय ! तिमीलाई नबिर्सने माया गर्छु
रङ्ग कुनै नमैलियोस् पर्खिएर बाटो हेर्छु ।

यतिबेला सल्लेरीको भाका पनि रोएको छ
बग्दै जाने बतासमा सुसेलीले छोएको छ
मेरो प्रिय ! तिमीलाई सञ्चै छ कि विसञ्चो छ ?
यति धेरै खुल्दुली छन् के कस्तो छ कस्तो हुन्छ ?